दमक । पहुँच युक्त भौतिक संरचना निर्माणको विषयमा पटक—पटक सरोकारवाला पक्षले कुरा उठाए पनि कार्यान्वयन नभएको भन्दै दमक नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुको ४ वटा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले झापाकोे दमक नगरका प्रमुख तथा उपप्रमुखलाई ध्यानकर्षण पत्र बुझाएका हुन् । नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई सबै पक्षको लागि पहुँच युक्त भौतिक पूर्वाधार निर्माण गर्नु भन्दा पहिला अपाङ्घता मैत्री योजना निर्माण गर्न माग गर्दै ध्यानकर्षण पत्र बुझाएको दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोराले जानकारी दिनु भयो ।

संघ संस्थाका प्रतिनिधिहरुले नगर प्रमुख थापा र उपप्रमुख रेगिनालाई छुटाछुटै ध्यानकर्ष पत्र बुझाए बुझाएका हुन । चालु आर्थिक वर्षको भौतिक संरचानाको बजेट कार्यन्वयन गर्दा अपाङ्घता भएका ब्यक्तिहरु,वालवालिका,ज्येष्ठ नागरिक र लैङिक अल्पसख्यहरुलाई सहज पहुँच पुग्ने संरचना निर्माण गर्नु पर्ने दमक अपाङ्घ सहयोग समितिको कार्यवाहक अध्यक्ष मनमाया तिम्सिनाले बताउनु भयो नगर प्रमुख थापा र उपप्रमुख भटराईलाई सहयोग समितिको कार्यवाहक अध्यक्ष तिम्सिना,पूर्वाञ्चल बहिरा संघ अध्यक्ष रमेश श्रेष्ठ,अटिजम सोसाइटी झापाका अध्यक्ष रमेश रिजाल र आदिवासी जनजाती महिला अपांगता संघ दमकको सचिव पुनम भुजेलले संयुक्त रुपमा उहाँहरुलाई ध्यानकर्षण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
ध्यानकर्षण पत्र बुझेपछि नगर प्रमुख थापा र उपप्रमुख भटराईले अपाङता भएकाहरुको मागलाई कार्यन्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । यस ध्यानकर्षण पत्रलाई वेवास्ता गरी हाम्रा माग पुरा नभए हाम्रा ४ वटा संघ संस्थाहरुले चरणबद्ध आन्दोलन गर्ने अपाङ्घता भएका संस्थाको अभियान्ताहरुले चेतावनी दिएका छन् ।







प्रतिक्रिया