बिर्तामोड । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । सोअनुसार कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले झापा जिल्ला इञ्चार्जमा रोमनाथ ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पनि ओली जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए ।
यस्तै ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथर आइन्द्र सुन्दर नेम्वाङ, इलाम राम राना, मोरङ ऋषिकेश पोखरेल, सुनसरी जगदीश कुसियैत, उदयपुर मञ्जु चौधरी, खोटाङ विशाल भट्टराई, ओखलढुंगा यज्ञराज सुनुवार, सोलुखुम्बु मानवीर राई, भोजपुर– हेमराज राई, संखुवासभा तुलसी न्यौपाने, तेह्रथुम विष्णुमाया विक र धनकुटाको इञ्चार्जको जिम्मेवारी राजेन्द्र राईलाई दिइएको छ ।







प्रतिक्रिया