बिर्तामोड

बिर्तामोडमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ

बिर्तामोडमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध व्यूरो काँकरभिट्टाको टोलीले शुक्रवार साँझ ७ः४० बजे बिर्तामोड नगरपालिका वडा नं. ४ मुनाल टोलबाट दुई जनालाई प्रतिबन्धित लागु औषधिसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय निरोज लिम्बु र भद्रपुर नगरपालिका वडा नं. २ का २६ वर्षीय सागर प्रधान रहेका छन् । उनीहरुको साथबाट ४१ ग्राम ब्राउन सुगर, ३ थान मोवाइल र प्र.१–०१–०१५ प ३४२७ नम्बरको स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । इप्रका अनारमनीबाट खटिएका प्रहरी निरीक्षक प्रविण श्रेष्ठ र व्यूरोका प्रह पञ्च नारायण महतोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएकाहरूलाई इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

शेयर गर्नुहोस :

243
Shares