Banner news

नेकपा झापाका संयोजक आचार्यले गरे पार्टी परित्यागको घोषणा

नेकपा झापाका संयोजक आचार्यले गरे पार्टी परित्यागको घोषणा


बिर्तामोड। नेपाली कम्युनिस्ट पार्टी झापाका संयोजक राजु आचार्यले पार्टी परित्याग गरेका छन् ।

उनले समाजिक सञ्जालमा लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, भएको छ ।

उनले अव स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्ने बताएका छन् । यस अघि नेपाली कम्युनिष्ट पार्टीका इलाम संयोजक धिरेन्द्र शर्माले पनि पार्टी परित्यागको घोषणा गरेका थिए ।

राजुले पार्टीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको हुन सक्ने निकटस्थहरूले बताएका छन् ।

शेयर गर्नुहोस :

1.4k
Shares