बिर्तामोड । वीरता जेसीजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
मितिकोे कार्यकारिणी उपाध्यक्षमा पुकार बराल र प्रज्वल बिमली, कानुनी सल्लाहकारमा प्रभात मास्के (मनोनित), महासचिवमा सुवास त्रिखत्री (मनोनित), कोषाध्यक्षमा अमरजित शाह (मनोनित), उपाध्यक्षमा क्रमश विवेक खड्का, नवराज अधिकारी, विश्वजित हलवाई र विजय चौधरी चयन भएका छन् ।

त्यस्तै संयुक्त सचिवमा पुष्प भण्डारी, सह–कोषाध्यक्षमा अभिषेक गहतराज (मनोनित), जनसम्पर्क अधिकारीमा अजय चौधरी, तालिम आयुक्तमा विज्ञानराज पौडेल, प्रकरण निर्देशकमा अजय अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।
वीरता जेसीजका सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेताको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष विकास बस्नेत, अधिवेशन निर्देशक सिनेटर घनश्याम चौधरी रहेका थिए ।







प्रतिक्रिया