मुख्य समाचार

जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजना स्वास्थ्य परीक्षण

जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजना स्वास्थ्य परीक्षण


शनिश्चरे – अर्जुनधारा नगरपालिका -८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा शनिश्चरे आयुर्वेद औषधालयको समन्वयमा स्वास्थ्य परीक्षण तथा मनोपरामर्श सम्बन्धि एक दिवसीय कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय पितृ मोक्ष भवनमा ज्येष्ठ नागरिकहरुका लागि सोमबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन् । अर्जुनधारा नगरपालिका -७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाले ब्यानर वाचन गरेर उद्घाटन गरेको कार्यक्रममा शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख अनिल ठाकुरले ज्येष्ठ महिला तथा पुरुषहरुको स्वास्थ्य परीक्षण गरेका थिए भने मेचीनगर नगरपालिकाका केस मेनेजर अरुणा चौधरीले मनोपरामर्श सम्बन्धि सहजीकरण गरिन् ।

सो अवसरमा २० जना भन्दा बढी ज्येष्ठ नागरिकहरुको सुगर र प्रेसर परीक्षण गरिएको केन्द्रकी परिचालिका मञ्जु दाहालले जानकारी दिइन् । अध्यक्ष सुवेदीको सभापतित्व र सदस्य इन्दिरा दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए त्यस्तै संस्थाका उपाध्यक्ष देवकला प्रसाईले स्वागत मन्तव्य राखिन् ।

कार्यक्रममा सामुहिक उद्धार तथा उपकार संघ ( पितृ मोक्ष भवन ) का अध्यक्ष जनार्दन उप्रेती ,मेरो रेडियोका अध्यक्ष शंकर सुवेदी , लाली गुराँस महिला सहकारी संस्थाका हिमा बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहोस :

324
Shares