झापा । झापाको पाँच वटा निर्वाचन क्षेत्रमा १७ स्वतन्त्रसहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा पूर्वप्रधानमन्त्रीदेखि राज्यनन्त्रीसम्मले उम्मेदवारी दर्ता गराएका हुन् ।
झापाको क्षेत्र नं. १ मा १५ जना, क्षेत्र नं. २ मा १८ जना, क्षेत्र नं. ३ मा १७ जना, क्षेत्र नं. ४ मा १६ र क्षेत्र नं. ५ मा २४ जनाले उम्मेवारी दर्ता गराएका छन् । झापामा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिष्ट पार्टीबाट अशेष घिमिरे, रास्वपाबाट निशा डाँगी र राप्रपाबाट हेमराज कार्कीले उम्मेदवारी दर्ता गएका छन् ।

यस्तै, राष्ट्रिय सद्भावना पार्टीबाट ओलिन राजवंशी, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेपाली जनमुक्ती पार्टीबाट खान्द्र करुवा, उज्यालो नेपाल पार्टीबाट नरेश कुमार लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मान बहादुर साँवा लिम्बु, जनता समाजपार्टीबाट रमा मेचे, मंगोल नेशनल पार्टीबाट सन्तोष तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्र रुपमा गणेश कुमार खरेल र दुर्गा प्रसाद साँवा लिम्बुले उम्मेदवारी दिएका छन् ।
झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट सरिता प्रसाईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेबाट देवराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाँई, रास्वपाबाट इन्दिरा राना मगर र राप्रपाबाट भद्र प्रसाद नेपालले उम्मेदवारी दर्ता गएका छन् ।
यस्तै, मंगोल नेशनलबाट अकल बहादुर तामाङ, संघीय लोकतान्त्रिक मञ्चबाट अमृता लावती, नेकपा माओवादीबाट अर्जुन कुमार पाण्डे, श्रम संस्कृति पार्टीबाट केशव भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, उज्यालो नेपाल पार्टीबाट चुडा कर्ण बेघा, जनता समाजवादी पार्टीबाट (एकल चुनाव चिन्ह) तिलबहादुर राई, नेपाल जनमुक्ति पार्टीबाट मान बहादुर पुलामी मगर, जनमत पार्टीबाट रमेश कुमार राजवंशी, नेकपा संयुक्तबाट श्रीप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, पुण्यप्रसाद आचार्य, युवराज संग्रौला र रमेश कुमार कार्कीले उम्मेदवारी दिएका छन् ।
झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट राजेन्द्र कुमार घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट हरिबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठक र राप्रपाबाट राजेन्द्र प्रसाद लिङदेनले उम्मेदवारी दर्ता गएका छन् ।
यस्तै, जनता समाजवादी पार्टीबाट कर्णलाल राजवंशी, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्जबाट चन्द्रकला साँवा, नेशनल रिपब्लिक नेपालबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मंगोल नेशनलबाट यमकुमार श्रेष्ठ, जनता समाजवादी पार्टी एकल चुनाव चिन्हबाट बिनिता कुमारी राजवंशी, उज्यालो नेपाल पार्टीबाट श्याम कृष्ण पाठक, नेकपा माओवादीबाट सन्तोष कटुवाल र जनमत पार्टीबाट हर्षलाल राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, अभय राजवंशी, मानप्रकाश संग्रौलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट देउकुमार थेवेले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट लालप्रसाद साँवा लिम्बू, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल र राप्रपाबाट भक्तिप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गएका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीबाट अमृता देवि राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बु लिङदेन, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट टेकबहादुर अधिकारी, नेकपा माओवादीबाट ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट तुलसी दुमरु, मंगोल नेशनलबाट दिलिप धिमाल, जनता समाजवादी पार्टीबाट पलटन ताजपुरिया, जनमत पार्टीबाट लोथ्रो हेमरम, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा साजन माझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट मधरा चिमरियाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीबाट रन्जित तामाङ, रास्वपाबाट बालेन्द्र शाह र राप्रपाबाट लक्ष्मी प्रसाद संग्रौलाले उम्मेदवारी दर्ता गएका छन् ।
यस्तै, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाईली, जनमत पार्टीबाट अमृतलाल महतो, पिपुल्स फष्ट पार्टीबाट धर्मराज गुरागाई, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, नेकपा माओवादीबाट सञ्जय राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, मंगोल नेशलन पार्टीबाट सानबहादुर मेचे र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा अर्जुन सापकोटा, खेमनाथ शिवाकोटी, डम्बर साहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाई, शोभा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार महिला उम्मेदवारको संख्या ३ सय ३६ र पुरुषको संख्या २ हजार ५ सय ८९ रहेको जानकारी दिए । समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्या केही थपघट हुन सक्ने सचिव राउतले बताए ।
झापामा ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेका छन् ।







प्रतिक्रिया