बिर्तामोड

बिएण्डसीमा छाला, कपाल र नङ सम्बन्धी उपचार बीमाबाटै

बिएण्डसीमा छाला, कपाल र नङ सम्बन्धी उपचार बीमाबाटै


बिर्तामोड । झापामा बिएण्डसी हस्पिटलले छाला, कपाल र नङसँग सम्बन्धित रोगहरूको उपचारका लागि ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएसँगै छाला, कपाल र नङको उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।

झापाको बिर्तामोडमा बीएण्डसी हस्पिटलले एक वर्षदेखि सो सेवा सञ्चालनमा ल्याएको हो । सेवालाई थप प्रभावकारी बनाउन गत महिनाबाट अत्याधुनिक उपकरणको प्रवन्ध गरिएको जनाइएको छ ।

पूर्वमै पहिलो पटक अत्याधुनिक छाला सम्बन्धी समस्या समाधान गर्न सेवा सञ्चालनमा ल्याएको हस्पिटल प्रशासनले जनाएको छ ।

छाला, कपाल, नङ र म्यूकोसल डिसअर्डर (मुख , आँखा भित्र, नाक, घाँटी, जननेन्द्रिय, पेट–आन्द्राको भित्री सतह) लगायतका रोगहरु उपचार र रोकथाम गर्ने सेवा अत्याधुनिक उपकरणसहित सुचारु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उक्त सेवा स्वास्थ्य बीमाबाट समेत पाइने छ ।

हाल हस्पिटलमा दैनिक १ सय जनाभन्दा धेरैले सो सेवा लिइरहेको जनाइएको छ । ‘डर्मटोलोजी’ सेवा बीएण्डसी अस्पतालले छुट्टै भवनबाट दिइरहेको छ । डा. अनिल तिम्सिनासहितको टोलीले उक्त सेवा दिनेछन् ।
उक्त सेवा अन्तर्गत मुहाँसा, एलर्जी र ¥यास, छालामा दाग÷खुजली, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, नङका रोगहरूको उपचार गरिने छ ।

शेयर गर्नुहोस :

108
Shares