मुख्य समाचार

स्वदेशी वस्तुको उपभोग र उत्पादनको बजार सुनिश्चितता गर्ने प्रतिवद्धता

स्वदेशी वस्तुको उपभोग र उत्पादनको बजार सुनिश्चितता गर्ने प्रतिवद्धता


मेचीनगर । ‘श्रम र परिश्रमको सम्मान, कृषि व्यावसायिकता, स्वदेशी वस्तुको उपभोग, उत्पादनको बजारको सुनिश्चितता’ आफ्नो पहिलो प्राथमिकता भएको नेकपा ‐एमाले) को झापा १ का उम्मेदवार रामचन्द्र उप्रेतीले बताएका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ का मतदातहरुसँगको भेटघाटका क्रममा सहकारी अभियन्ताका रुपमा स्थापित उप्रेतीले हरेक क्षेत्रका मजदुरहरुको श्रमको सम्मान, नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यावसायिकता, परनिर्भरको अन्त्यका लागि स्वदेशी वस्तुको उपभोग,उत्पादनको बजारको सुनिश्चिचता’ आजको आवश्यकता औल्याएका हुन् ।


साना ठूला सबै व्यवसाय र व्यवसायीको सम्मान गर्न सके सुशासन र समृद्धिको अभियान सफल हुने भएकाले अभियानलाई साकाररुप दिनका लागि समेत आफ्नो उम्मेद्वारी भएको स्पष्ट पारेका छन् । यदि १ नम्बर क्षेत्रका मतदाताको अमूल्य मत पाएर विजयी भए मतको कदर गर्दै आफ्नो कारणले यो देश र आम नेपाली जनताको शिर झुक्ने काम कहिले पनि नगर्ने प्रतिवद्धता उम्मेद्वार उप्रेतीले व्यक्त गरेका छन् ।

निर्वाचनलाई लोकतन्त्रको सुन्दर अभ्यास, जनतालाई जागरुक र सजक गराउने समय, जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर , इतिहासको सम्झना, वर्तमानको समिक्षा र भविष्यको योजना बनाउने समय, प्रतिनिधि सक्षम र इमान्दार भएमात्र जनताले चाहेको पूरा हँुदै जाने, विधिको शासन लोकतन्त्रको सुन्दर अभ्यास बताउँने उम्मेद्वारले आफुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनु भनेको केवल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट एक जना सांसद् संख्या बढाउनु मात्र नभएको स्पष्ट पारेका छन् ।

भ्रष्टाचारको अन्त्य गर्दैँ वित्तिय अनुशासन पालना गराउने सहित देशमा सुःशासन कायम गरी यो देश बचाउँन, भविष्यका कर्णधार युवाहरूको भविष्य स्वदेशमै छ भन्ने सन्देश दिदैं दक्ष जनशक्ति उत्पादन गरी प्रविधिमैत्री बनाउन, ७७ वटै जिल्ला र सातै प्रदेशका कृषि उत्पादनलाई किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पुर्याउन, कृषिमा गरिएको लगानी डुब्दैंन भन्ने प्रमाणित गर्न, कृषि उत्पादनदेखि एग्रो टुरिजमसम्मको ग्यारेन्टी गर्न, नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन, कृषि बीमा र बैंकको कर्जाबाट बञ्चित कृषकलाई सहजरूपमा कृषि बीमा र बैंकसम्म पहुँच बढाउनुका साथै बिचौलिया र कमिसनको खेलको अन्त्य गर्न, मुलुकलाई कृषि प्रधान देश भन्ने अनि दाल, चामलदेखि तरकारी समेतका लागि परनिर्भर बन्नु पर्ने अवस्थाको अन्त्य गरि कागतमा सिमित कृषि प्रधान देशलाई व्यवहारमै देखाउन, उपचारका अभावमा बाँध्य भएर मृत्यबरण गरिरहेका हरेक नेपालीलाई यसबाट मुक्त गरेर आर्थिक अभावकै कारण भोक र रोगबाट बाँच्न नेपालीलाई नाना र खानासहित उपचारको व्यवस्था गर्न ,आफ्ना अधिकारबाट बञ्चित यो देशका ज्येष्ठ नागरिक, हरेक क्षेत्रका मजदुरसहित सबैको हक, हित अधिकार रक्षाका लगि सतिस साल झै ठिंग उभिन पनि आफु चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

शेयर गर्नुहोस :

81
Shares