अर्जुनधारा

घिमिरे बन्धु अर्जुनधाराको कुल भवन उद्घाटन

घिमिरे बन्धु अर्जुनधाराको कुल भवन उद्घाटन


शनिश्चरे । घिमिरे बन्धु कल्याण परिषद् अर्जुनधारा नगरसमितिको नवनिर्मित एकतले पक्की कुल भवन आइतबार उद्घाटन गरिएको छ ।

अर्जुनधारा नगरपालिका – ७ स्थित कुल भवन निर्माणका लागि जग्गा सहयोग गर्ने दाता स्व .होम प्रसाद घिमिरेको घरमा आइतबारदेखि शुरु हुने आयोजित सप्ताह श्रीमद् भागवत पुराण उद्घाटनको अवसर पारेर परिषदको आयोजनामा नवनिर्मित भवन पनि उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कुल धामी तुलाराम घिमिरेले भवन विधिवत रुपमा उद्घाटन गरेका हुन् । वि .स .२०७१ साल असोज ६ गते संस्था स्थापना भएको थियोे । कुल भवन निर्माण गर्न जग्गा दाताद्वय खगेन्द्र प्रसाद घिमिरेबाट १ कठ्ठा र स्व. होम प्रसाद घिमिरेबाट १ कठ्ठा नम्बरी गरी जम्मा २ कठ्ठा जग्गा गत साल संस्थालाई सहयोग प्राप्त भएको नगर प्रवक्ता बेद प्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार भीम प्रसाद घिमिरेको संयोजकत्वमा भवन निर्माण समितिले गत वर्ष भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन घर दैलो कार्यक्रम संचालन अन्तर्गत प्रतिघर सदस्यहरुबाट मासिक बचत १००÷१०० रुपैयाँ संकलन गरिएको थियो । वार्षिक बचत एकमुष्ठ रकम दिनेले १ हजार देखि ५१ हजार रुपैयाँ सम्म सहयोग गरेको बताइएको छ । शौचालयसहित लम्बाइ २४ , चौडाई १८ फिट रहेको कार्यालय तथा बैठक कोठा एउटै भवन निर्माण लागत १५ लाख रुपैयाँ खर्च भएको संयोजक घिमिरेले जानकारी दिए ।

घिमिरे बन्धु कल्याण परिषदका नगर अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेको सभापतित्व र झापा जिल्ला परिषदका वरिष्ठ उपाध्यक्ष काशीनाथ घिमिरेले स्वागत मन्तव्यसहित संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि तुलाराम , विशिष्ट अतिथि एवं केन्द्रीय प्रतिनिधि प्रल्हाद प्रसाद घिमिरे, केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद घिमिरे, अर्जुनधारा संस्कृत आदर्श मावि विव्यसका अध्यक्ष कमल गुरागाँई, पण्डित चन्द्र प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थियो ।

स्थानीय धर्मनन्द गुरागाँई, रतन (होमनाथ) घिमिरे , जग्गा दाताका सुपुत्रहरु सुभाष र सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो । यसअघि जग्गा दाता स्व. होमनाथको घरबाट निकालिएको कलश यात्राले कुल भवन परिक्रमा गरी कार्यक्रममा परिणत भएको थियो ।

शेयर गर्नुहोस :

432
Shares