मुख्य समाचार

युवा संघले सबै क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने

युवा संघले सबै क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने


काठमाडौं । नेकपा (एमाले) को भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमान्डमा ५०१ जना केन्द्रीय निर्वाचन परिचालन कमान्ड र सबै निर्वाचन क्षेत्रमा पनि एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमान्ड बनाउने निर्णय गरिएको जानकारी गराएको हो ।

“१६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने निर्णय भएको छ । बैठकले उक्त कमान्डमा संगठनद्वारा तोकिएको केन्द्रीय सदस्यको नेतृत्वमा उक्त निर्वाचन क्षेत्रअन्तर्गत मतदान केन्द्र भएका सगठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरू र सम्पूर्ण मातहत कमिटी (प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, बडा कमिटी र टोल कमिटी) का पदाधिकारी तथा सदस्यहरू रहने निर्णय गरेको छ,“ उनले भने ।

युवा संघका अध्यक्ष गुरुङले आम मतदातको सुरक्षालाई समेत ध्यानमा दिएर सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने निर्णय गरिएको बताए । “प्रतिनिधिसभा निर्वाचन परिचालन कमान्डअन्तर्गत ६७४३ वटै वडामा बडा कमान्डर र १०९६७ वटै बुथमा बुध कमान्डर तोकेको छ,“ उनले भने ।

शेयर गर्नुहोस :

162
Shares