दमक । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको दमक नपा वडा नम्बर ९ अन्र्तगत ७ नम्बर टोलको बिस्तारित बैठक सम्पन्न गरेको छ ।
पार्टीका टोल कमिटी अध्यक्ष काजिमान घिमिरेको अध्यक्षतामा भएको बैठकले निर्वाचनमा पार्टीलाई बिजयी गराउन योजना निर्माणको छलफल भएको जनाइएको छ । योजना बैठकमा भूगोलमा रहनु भएका सबै उपल्लो कमिटीमा आवद्ध नेतृत्व समेत सहभागी रहनुभएको छ ।
बैठकबाट तत्काल टोलमा आवश्यक समस्या तथा समाधानका बिषयमा छलफल भएको जनाइएको छ । नेकपा एमाले वडा नं. ९ को वडा कमिटीका सचिव बालचन्द्र कार्कीका अनुसार बैठक पार्टीको प्रदेश कमिटी सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी नै पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा नं. ९ का इञ्चार्ज दुर्गा काफ्ले, वडा कमिटीमा आवद्ध गरी करिव ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।







प्रतिक्रिया