काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउनसके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले सानदार परिणाम ल्याउने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकमा सभापति थापाले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह निर्देशन दिए ।
उनले विगतको निर्वाचनमा कांग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्नेमा जोड दिए । उनले जेन—जी नवपुस्तासँग समेत छलफल गर्ने गरी आफूहरु अघि बढिरहेको बताए ।
उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्यासमेत निर्मुल हुँदै गइरहेको उल्लेख गरे। उनले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि बताए । उनले भने, ‘आजको दिनको हाम्रो सन्देश मात्रै ठीक ढंगले घरघरमा पु¥याउनसक्ने हो भने नेपाली कांग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन । २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा ।
ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ। कम्तिमा ४–५ लाख मतदाताले अघिल्लो पटक कांग्रेसलाई मत हाल्छु भन्ने ठानेको तर हाम्रा केही निर्णयसँग चित्त नबुझाएर मत नहालेको हो। ती सबैलाई हामीले भेटेर सम्झाउनुपर्ने छ ।’







प्रतिक्रिया