बिर्तामोड

झापा ३ : क्षेत्रदेखि वुथसम्म एमालेको स्वयमसेवक परिचालन, कमाण्डरको जिम्मा पोर्तेललाई

झापा ३ : क्षेत्रदेखि वुथसम्म एमालेको स्वयमसेवक परिचालन, कमाण्डरको जिम्मा पोर्तेललाई


बिर्तामोड । झापा क्षेत्र नं. ३ मा एमालेले सागर पोर्तेलको नेतृत्वमा ५०१ सदस्यीय स्वयमसेवक परिचालन समिति घोषणा गरेको छ । आज भएको प्रथम विस्तारित बैठकले पोर्तेलको नेतृत्वमा क्षेत्रदेखि मतदान केन्द्रको वुथसम्म स्वयमसेवक परिचालन समिति बनाएको हो ।

पोर्तेललाई स्वयमसेवक परिचालन समितिको कमाण्डरको जिम्मेवारी प्रदान गरिएको छ भने बासु वन, मेरुन योङहाङ, प्रेम घिमिरे र अभिशेक प्रधानलाई सहकमाण्डरको जिम्मेवारी प्रदान गरिएको निर्वाचन परिचालन समितिका प्रमुख बसन्त बानियाँले जानकारी दिए । समितिको सचिवको जिम्मेवारी उमेश मिश्रलाई प्रदान गरिएको छ ।

निर्वाचन परिचालन समितिले क्षेत्र स्तरीय, पालिका, वडा, मतदान केन्द्रदेखि वुथसम्म स्वयमसेवक परिचालन समिति बनाएको हो । स्वयमसेवकले निर्वाचनमा पार्टीको पक्षमा आवश्यक सहजीकरण गर्ने छ ।

एमालेका केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार जीतु गौतमको प्रमुख आतिथ्यतामा भएको विस्तारित बैठकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिबहादर राजवंशी, पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

3.6k
Shares