बिर्तामोड

बिर्तामोडमा कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु

बिर्तामोडमा कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु


झापा । झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय खोज पत्रकारिता तालिम सुरु भएको छ । महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि तालिम सुरु गरिएको हो ।

नारी संचार गृह झापाको आयोजना तथा टेवा संस्थाको सहयोगमा सञ्चालन गरिएको तीन दिवसीय तालिममा पाँच जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिमको प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार बबिता बस्नेत र उमाकान्त खनाल रहनुभएको छ । तालिममा खोज पत्रकारिताका आधारभूत सिद्धान्त, विषय छनोट, तथ्य संकलन, स्रोत व्यवस्थापन, सुरक्षा र नैतिकताका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

तालिमको उद्घाटन कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

351
Shares