Banner news

डोमालाल रंगशालाको संरक्षणमा सहयोग गर्ने पोखरेललाई सम्मान

डोमालाल रंगशालाको संरक्षणमा सहयोग गर्ने पोखरेललाई सम्मान


बिर्तामोड । झापाका अग्रज पत्रकार एवम् झापा गोल्डकपका पूर्व महासचिव गणेश पोखरेललाई सम्मान गरिएको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला जारी सातौं झापा गोल्डकपका बीच आज पोखरेललाई सम्मान गरिएको हो ।

डोमालाल राजवंशी रंगशालाको संरक्षण र संवद्र्धनका लागि न्यायीक उपचार खोज्न गरेको पहलकदमी प्रति कृतज्ञा ज्ञापन गर्दै गोल्डकप आयोजकले सम्मान गरेको छ । डोमालाल राजवंशी रंगशालाको करिव साढे १२ विगाहा जग्गा फिर्ता ल्याउन पोखरेलले न्यायीक उपचारका लागि समन्वय गरेका थिए ।

पोखरेलले सम्मानपछि फेसबुकमा धन्यवाद लेखेका छन्, – डोमालाल राजवंशी रंगशाला विर्तामोडको करिव साढे १२ विगाहा जग्गा फिर्ता ल्याउन डौडधुप गरेँ, अख्तियारमा मुद्दा हालेँ, कानुनी सहयोग जुटाउन श्रदेय नेता अग्निप्रसाद खरेलले सहयोग पुर्याउनु भयो । साढे ४ विगाहा जति जग्गा फिर्ता पनि भयो ।

करिव ८ विगाहा फिर्ता ल्याउन बाँकी नै छ । सम्बन्धित जिम्मेवार निकायबाट चाहेजस्तो सहयोग भएको भए अहिले बेम्बो प्याराफिटमा बस्नु पर्ने थिएन् । तर, जे होस् सबै जग्गा फिर्ता ल्याउन र रंगशाला निर्माणका लागि सदैब लाग्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

शेयर गर्नुहोस :

243
Shares