इन्द्रकुमार राई
अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ बिहीवार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद कुमार गौतमले विद्यालयको ऐतिहासिक पृष्ठभूमिसहित शैक्षिक, आर्थिक, भौतिक गतिविधि जस्ता विषयहरु समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वि.स.२००५ सालमा स्थापना भएको यस विद्यालय झापा कै दोस्रो पुरानो विद्यालयको रुपमा रहेको उल्लेख छ । सोही अवसरमा लोकनाथ, हेमकला वृत्ति पुरस्कार (लोकनाथ पौड्याल ) एसईई उत्कृष्ट विद्यार्थीद्वय टिकाराम पुरी र अनुष्का निरौलालाई प्रमाणपत्रसहित नगद जनही ३-३ हजार रुपैयाँले पुरस्कृत गरिएको विद्यालयका शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए । उनका अनुसार रुद्र तोरण स्मृति पुरस्कार (केदार सञ्जेल ) निश्चल खतिवडा र आशिका तिरुवालाई प्रमाणपत्र र नगद जनही ३-३ हजारर रुपैयाँले पुरस्कृत गरिएको छ । त्यस्तै खगेन्द्र ,विभा वृत्ति पुरस्कार ( खगेन्द्र ढकाल ) एसईई उत्कृष्ट विद्यार्थीहरु टिकाराम पुरीलाई प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ र अनुष्का निरौलालाई प्रमाणपत्र र ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
विषजु सेमन्ता श्रेष्ठ स्मृति पुरस्कार (बल बहादुर नेवार) कक्षा –१२ का जेहेन्दार विद्यार्थी मनिषा मण्डललाई प्रमाणपत्र र नगद २५ सय रुपैयाँले पुरस्कृत भएकी छिन् भने दुवसु विधा पुरस्कार ( दुवसु क्षेत्री ) ०८१ को एसईई सर्वोत्कृष्ट विद्यार्थीहरु दिपेश चौहान र अंकिता घिमिरेलाई प्रमाणपत्रसहित प्रतिव्यक्ति नगद ५-५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
स्थानीय किरण वनबाट स्थापना गरिएको हरिविलास बन स्मृति पुरस्कार अक्षयकोषमा ८ लाख ५१ हजार रुपैयाँ राशि रहेको आयोजकले बताएको छ । त्यसैबीच सो पुरस्कार अक्षयकोष दाता किरण बनले कक्षा ११ का अध्ययनरत जेहेन्दार विद्यार्थीहरु पूजा दनुवार ,विपेन राई, प्रिति रजक, विनिता लिम्बू , सञ्जालिका गौतम , कक्षा १२ का प्रज्वल गौतम ,कक्षा १० का जेहेन्दार विद्यार्थीहरु प्रकिशा लावती र उमेश रावत ,बर्षा कटुवाल र कक्षा ९ का जेहेन्दार विद्यार्थीहरु दिपेन्द्र थापा र गोमा अधिकारी , कक्षा ८ मा अध्ययनरत जेहेन्दार सिम्रन राई र कक्षा ६ का अनिल बुढाथोकीलाई प्रमाणपत्रसहित जनही नगद ४ हजार रुपैयाँको दरले पुरस्कार पुरस्कार गरिएको थियोे ।
कार्यक्रममा विद्यार्थीहरुबाट पीटी प्रदर्शन गरिएको थियोे भने विद्यालयका विद्यार्थी प्रकृति कुमाल र साथीहरुले मनोरञ्जनात्मक साकेला नृत्य, स्मृति अधिकारी र साथीहरुले सामुहिक गायन र सजिला रावल र साथीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद ओलीको सभापतित्व र शिक्षक तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा अतिथि पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका सामाजिक विकास संयोजक भोला परियार, शिक्षा शाखाका प्रमुख हरि बहादुर कुवर, विव्यस निवर्तमान अध्यक्ष डिल्लीराम दाहाल , शनिश्चरे बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मोहन प्रसाद ओली लगायतको आतिथ्यता रहेको थियोे ।
०८० देखि ०८२ सालसम्म लगातार राष्ट्रपति रनिङशिल यस विद्यालयले जितेर विद्यालयको गौरव बढाएको खेल शिक्षक तिलचन अधिकारी र सुजन राना मगरले जानकारी दिए । यसअघि एथलेटिक्स खेल, भलिबल , कवड्डी ( छात्र–छात्रा ) विभिन्न ४ विधाका ६६ वटा खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो ।







प्रतिक्रिया