Banner news

झापा ओर्लिएर ओलीले भने – नेपालमा पनि बंगलादेशकै जस्तो परिणाम आउछ

झापा ओर्लिएर ओलीले भने – नेपालमा पनि बंगलादेशकै जस्तो परिणाम आउछ


झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिए ।

भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुने बताएका हुन् । अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ को चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला आएका हुन ।

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने ‘चुनाव हुने भयो भने भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ।’ निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्न टोलटोल पुग्ने उनको भनाई थियो ।

ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनु भएको छ । अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको जनाउनु भएको हो । यस बारेमा सरकारले जान्नु पर्ने समेत बताउनुभयो ।

यस अघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गर्नु भएको थियो । यस दमक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ ।

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यहि भुगोलबाट निर्वाचित हुँदै आउनु भएको छ ।

शेयर गर्नुहोस :

135
Shares