मुख्य समाचार

दमकमा रास्वपा नेता एमालेमा प्रवेश

दमकमा रास्वपा नेता एमालेमा प्रवेश


दमक – झापा निर्वाचन क्षेत्र नं. ५ मा रास्वपा नेता सहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नु भएको हो ।

सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुग्नु भएका ओलीले दमक फनपार्कमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनाल सहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो ।

एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं . ५ का उम्मेद्वार समेत रहनु भएमा एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ ।

शेयर गर्नुहोस :

189
Shares