Banner news

एमालेको घोषणापत्र : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण

एमालेको घोषणापत्र : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण


काठमाडौं । नेकपा एमालेले घोषणापत्र युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा समेटेको छ । आज अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ ।

यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।

यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा, गरिव परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, देश जोगाउने बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना अघि सारेको छ ।

१०  योजना

१.अर्थतन्त्रमा विशाल छलाङ
–५ वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब
–१० वर्षमा २०० खर्ब पुर्‍याउने
–प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्‍याउने
२. रोजगारी र न्यूनतम पारिश्रमिक
–स्वदेशमै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने
–श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने
३. डिजिटल क्रान्ति
–१८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा निःशुल्क दिने
–स्टार्टअप/उद्यमी युवालाई अन्तर्राष्ट्रिय कारोबार गर्न १० हजार डलर बराबरको कार्ड उपलब्ध गराउने।
४. शिक्षामा लगानी
–प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीलाई २० लाखसम्मको निव्र्याजी ऋण उपलब्ध गराउने
–पढ्दै कमाउँदै नीति लागू गर्ने।
५. महिला सशक्तिकरण प्याकेज
–महिला उद्यमीलाई २० लाखसम्म निव्र्याजी ऋण
– सुत्केरी पोषण भत्ता २०,०००
–५ लाखको निःशुल्क जीवन बीमा गर्ने
६. पूर्वाधार विकास
–५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
–काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्य सम्पन्न गर्ने।
७. ऊर्जा र निर्यात
– विद्युत उत्पादन र प्रतिव्यक्ति विद्युत खपत दोब्बर बनाउने
–नेपाललाई दक्षिण एसियाकै स्वच्छ ऊर्जा निर्यातक हब बनाउने
८. स्वास्थ्य र सामाजिक सुरक्षा
–महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गरेर वार्षिक २०,००० पुर्‍याउने
–सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने।
९. कृषि र आत्मनिर्भरता
– २ वर्षभित्र सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने
– खाद्यन्नमा देशलाई आत्मनिर्भर बनाउँदै निर्यात दोब्बर गर्ने।
१०. पुनर्निर्माण संकल्प
–जेनजी आन्दोलनमा क्षति भएका राष्ट्रिय संरचनाहरूको १ वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने

यस्ता छन् २५ बाचा 

–हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा २ सय खर्ब
–मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
–सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
–गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर

–सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता

–स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली, हाम्रो अभियान

–उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धिः २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि

–आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने

–आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय

–हरियो वन, समुदायको धनः संरक्षण, उपयोग, दिगो व्यवस्थापन

–सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता

–पर्यटकको वृद्धि, लामो बसाइः गाउँ, सहरमा काम र कमाइ

–खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर

–गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि

–स्वस्थ खाना, योग/व्यायामः निरोगी नेपालको महाअभियान

–डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार

–सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास, समृद्धिको आधार

–स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात

–पुनर्निर्माण र नयाँ निर्माण

–सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी

–सिर्जनशीलता युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार

–ऊर्जावान् खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान

–सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन

–सबैसँग मित्रता, छैन कसैसँग शत्रुता

–नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान

 

शेयर गर्नुहोस :

243
Shares