अर्जुनधारा

दुर्गा आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव

दुर्गा आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव


शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ रातेखाल स्थित नव दुर्गा आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सब विविध कार्यक्रमसाथ बिहीवार सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले ब्यानर वाचन गरेर कार्यक्रमको गरेकी हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोयानाथ ओलीले ऐतिहासिक पृष्ठभूमिसहित , शैक्षिक , आर्थिक , भौतिक गतिविधि जस्ता विषयहरु समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वि .स.२०३९ पुस २ गते विद्यालय स्थापना भए पनि वार्षिकोत्सब फागुन ७ गते ( प्रजातन्त्र दिवसको दिन ) परम्परा देखि मनाउँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवसरमा विद्यालयका अक्षयकोष दाता रेशम बहादुर खत्री र विद्यालयको शैक्षिक उन्नतिका लागि सामाग्री उपलब्ध गराइ सहयोग पु¥याउने शिक्षक टेक बहादुर बूढालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै वर्ष उत्कृष्ट शिक्षकका रुपमा सहायक प्रधानाध्यापक माया गौतम र भावना पौडेललाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक ओलीले जानकारी दिए । त्यसैबीच विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रुद्र बहादुर पौडेलले विद्यार्थीका लागि ७५ थान स्कुल ब्याग सहयोग प्रदान गरेका थिए । विद्यालयको भौतिक तथा शैक्षिक उन्नति अर्जुनधारा नगरपालिकाबाट २ लाख रुपैयाँ सहयोग प्राप्त हुने बताइएको छ ।

त्यसै अवसरमा विद्यालयका विद्यार्थीहरुले मार्चपास र पीटी प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थी जिया चौहानले मेरो माया… पूजा सेन्चुरीले माइतीघर माइतीघर, बोरिङ्का कटुवालले फोटो फिरीममा… सदिक्षा र साथीहरुले देउराली, उकाली चढेर … भन्ने गायन प्रस्तुत गरेका थिए भने पूर्णिमा धिमाल र साथीहरुले तामाङ सेलो, रक्षा न्यौपाने र साथीहरुले हाम्रो अर्जुनधारा … र कक्षा एल केजी र यूकेजीका विद्यार्थीहरुले बालगीतमा पुतली नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक चौधरीको सभापतित्व तथा सहायक प्रधानाध्यापक गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुलीले पहिलेको र अहिलेको सामुदायिक विद्यालयको तुलना गर्दै भनिन् – दाउरा बेचेर भएपनि अभिभावकहरुले आफ्नो छोराछोरीहरु अंग्रेजी स्कुलमा पढाउँन्थे । त्यसकारण सामुदायिक विद्यालयहरु खस्किन्दै गएको स्मरण गराए । अहिले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेकोले सुधार हुदैछ।

शैक्षिक गुणस्तरीय शिक्षाले मात्र विद्यालयको शैक्षिक उन्नति हुदैन अभिभावकहरुले आ – आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका – ४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल, दाता प्रकाश गौतम लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य भावना भट्टराई राखिन् भने अंग्रेजी भाषा बोरिङका कटुवालले राखेकी थिइन् ।

शेयर गर्नुहोस :

378
Shares