बिर्तामोड । झापामा प्रहरीले उम्मेदवारहरुको तस्वीर राखेर होलीका लागि बिक्रीमा राखिएको टिसर्ट नियन्त्रणमा लिएको छ । बिर्तामोडबाट उम्मेदवारको तस्वीर अंकित टिसर्ट नियन्त्रणमा लिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिर्तामोडस्थित कृषिथोक क्षेत्रमा रहेका ४ वटा कपडा पसलबाट उम्मेदवारको तस्वीर राखिएको टिसर्ट नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । उनका अनुसार आचारसंहिता विपरित बिक्रीमा राखिएको २६० थान टिसर्ट नियन्त्रणमा लिइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको टिसर्ट निर्वाचनपछि फिर्ता गर्ने जनाएको छ । निर्वाचनअघि कुनै पनि उम्मेवारको तस्वीर राखेर लगाइने कपडा जुनसुकै अवस्थामा पनि नियन्त्रणमा लिने प्रहरीको भनाई छ । जिल्लामा आचारसंहिता विपरित कपडा बिक्री गरेको खण्डमा प्रहरीलाई खवर गर्न आग्रह गरिएको छ ।







प्रतिक्रिया