बिर्तामोड । झापामा सुरक्षा समितिले होलीमा कडाई गर्ने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै होलीमा कडाई गर्ने बताइएको छ ।
होली पर्वलाई लक्षित गरेर सुरक्षा योजना नै बनाइएको जनाइएको छ । होलीमा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अन्य समयमा जस्तो भीडभाड, कन्सर्ट गर्न रोक लगाइएको निर्वाचन अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले जानकारी दिए । उनले निर्वाचनको आचारसंहिता र सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै घरघरमा होली पर्व मनाउन अपील समेत गरेका छन् ।
होलीमा हुन सक्ने उश्रृङखल गतिविधिले सुरक्षामा चुनौति हुन सक्ने भएकाले आम नागरिकलाई मर्यादित रुपमा घरमै मनाउन आग्रह गरिएको हो ।







प्रतिक्रिया