मुख्य समाचार

बिर्तामोडमा प्रजनन् स्वास्थ्य विषयमा अन्तरक्रिया

बिर्तामोडमा प्रजनन् स्वास्थ्य विषयमा अन्तरक्रिया


सिर्जना परियार

बिर्तामोड । नारी दिवसको अवसर पारेर प्रिमेनोपोजल सिन्ड्रोम र महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

इनर विल क्लवअफ विर्तामोड मिटटाउन र इनर विल क्लव अफ अर्जुनधाराको संयुक्त आयोजनामा आज अन्तरक्रिया सम्पन्न भएको हो । विर्तामोडस्थित होटल हेवन ग्रान्डमा आयोजित उक्त कार्यक्रममा क्लबकी अध्यक्ष लुना बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि स्त्री रोग विशेषज्ञ डा. प्रियंका कटुवालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. कटुवालले महिलामा हर्मोनको कमी वा असन्तुलनका कारण विभिन्न शारीरिक तथा मानसिक समस्या देखा पर्न सक्ने बताउनुभयो । उहाँले यस्तो समस्या कम गर्न सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम र सकारात्मक जीवनशैली अपनाउन आवश्यक रहेको बताउनु भएको छ ।
महिलाको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन कमला कटुवालले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

1.1k
Shares