Banner news

पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैली पुनःगठन गरौं : पौडेल

पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैली पुनःगठन गरौं : पौडेल

sf7df8f}F, @@ df3 M k|]; rf}tf/L] g]kfn :yfkgf lbj; pkk|wfgdGqL tyf cy{dGqL lji0f’ kf}8]n k|]; rf}tf/L] g]kfnsf] @%cf}F :yfkgf lbj; sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . tl:a/M MrG›snf If]qL÷/f;;

काठमाण्डौ – नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गर्नुभएको छ ।

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पौडेलले आज विज्ञप्ति निकालेर विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गर्नुभएको छ । उहाँले लोकतन्त्रको सुन्दरता नै नागरिकको अभिमत हो भन्दै आफुले रुपन्देही क्षेत्र २ का मतदाताहरूको फैसलालाई सहर्ष स्वीकार गरेको बताउनुभएको छ ।

चुनावमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँले रुपन्देहीका नागरिकका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गर्नुभएको छ ।

शेयर गर्नुहोस :

162
Shares