Banner news

मेयर छत्रपति सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न झापा एमालेको माग

मेयर छत्रपति सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न झापा एमालेको माग


झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले पार्टीका कोशी प्रदेश सल्लाहकार सदस्य तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला कमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन परिणाम घोषणा भएको भोलिपल्ट फागुन २४ गते सुवेदीमाथि उनकै निवासमा हातपात भएको उल्लेख गरिएको हो।

विज्ञप्तिमा पछिल्लो समय यस्ता अराजक गतिविधिले समाजमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न एमाले झापा जिल्ला कमिटीका सचिव तुलसी कार्कीद्वारा जारी विज्ञप्ति मार्फत माग गरिएको छ ।

एमालेले उक्त घटना योजनाबद्ध हो वा आकस्मिक भन्नेबारे निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गर्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताएको छ। साथै शान्तिपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको रक्षा गर्न पनि सरकार र सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरिएको छ।

शेयर गर्नुहोस :

189
Shares