झापा – जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनाभर जन्मदिन पर्ने प्रहरी कर्मचारीहरूको सहभागितामा सामूहिक रूपमा वृक्षारोपण गर्दै जन्मदिन कार्यक्रम मनाएको छ।
फागुन ३० गते आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काको नेतृत्वमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक लगायत कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

पर्यावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रममा फागुन महिनाभर जन्मदिन पर्ने प्रहरी कर्मचारीहरूले सामूहिक रूपमा बिरुवा रोपेर जन्मदिन मनाएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस्ता कार्यक्रमले वातावरण संरक्षणमा सहयोग पुर्याउनुका साथै सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने विश्वास लिइएको छ। साथै, प्रहरी कर्मचारीहरूबीच आपसी सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्न पनि यस प्रकारका कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया