बिर्तामोड । झापाको बिर्तामोडमा इनिशा विकको न्यायका लागि महिलाहरुले खवरदारी ¥याली गरेका छन् । आज विहान बिर्तामोडको मुक्ति चोक क्षेत्रमा भेला भई स्वतःस्फूर्त रुपमा महिलाहरुले कारबाहीको माग गरेका हुन् ।
बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको माग गर्दै महिलाहरुले बिर्तामोड चोक क्षेत्रमा खवरदारी ¥याली गरेका हुन् । हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाउदै झापाली महिलाहरुले कारबाहीका लागि जोडदार आवाज उठाएका छन् ।

खवरदारी कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले दोषीलाई कारबाही गर्न माग गरेकी छन् । उनले बलात्कारपछि हत्याको घटनामा संलग्नलाई उन्मुक्ति नदिन चेतावनी दिइन् । महिलाको सुरक्षामा राज्य पक्ष सधैं कडा ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाई थियो ।
मानवअधिकारवादी डा. रुपक खनालले महिलाहरुको सुरक्षाका लागि पुरुषहरुलाई समेत सचेतना जगाउन जरुरी रहेको बताए । उनले महिलाको मुद्दा पुरुषको पनि साझा मुद्दा बन्नुपर्ने धारणा राखे । डा. खनालले महिला पुरुष दुवैको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउदै बलात्कारजन्य घटनामा संलग्नहरुलाई कारबाहीको माग गरे ।
अधिकवक्ता कविता शर्माले हरेक मानवहरुले मर्यादित रुपमा बाँच्न पाउनुपर्ने बताइन् । बलात्कारजन्य घटनाले महिलाहरुलाई मर्यादित रुपमा बाँच्न पाउने अधिकारको हत्या हुने उनको भनाई थियो । महिलाहरुका लागि बलात्कार जीवनकै अभिषाप भएको बताइन् । अधिवक्ता शर्माले विश्वव्यापी रुपमा महिलाहरुको मानवअधिकार हनन् भइरहेको भन्दै बलात्कारका घटनामा संलग्नहरुलाई कारबाहीको माग गरिन् । बलात्कार किन भइरहेको छ भन्ने तर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्दै उनले शिक्षामै यौनका बारेमा अध्ययन हुनुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार विद्यालय र घरमा यौनका बारेमा खुलेर कुरा गर्नुपर्ने र सचेत गराउनुपर्छ । यौन शिक्षामा कमि भइरहेकै कारण समाजमा अपराधिक घटनामा वृद्धि भइरहेको उनको दावी छ । कानुन प्रभावकारी भए मात्रै अपराधमा कमी आउने उनको तर्क छ ।
यस्तै, रञ्जु प्याकुरेलले नयाँ संसदले बलात्कारजन्य घटना कम गर्ने र कानुनी कारबाही प्रभावकारी हुने गरि नीति निर्माण हुनेपर्नेमा जोड दिइन् ।
खवरदारीमा जिल्लाका दर्जनौ महिला संघ संस्थाहरु, विद्यार्थी, पत्रकार, सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया