बिर्तामोड । सन्थाल गोल्डकप – २०८२ सफल बनाउन भद्रपुर झापा गोल्डकपले सहयोग गरेको छ । भद्रपुर झापा गोल्डकपले सन्थाल गोल्डकपलाई दोस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो ।
झापामा पहिलो पटक आयोजना गरिएको सन्थाल गोल्डकपलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको गोल्डकपका संयोजक टिका हस्ताले जानकारी दिए । भद्रपुर झापा गोल्डकप र सन्थाल गोल्डकपबीच प्रायोजनका लागि हस्ताक्षर भएको छ । भद्रपुर झापा गोल्डकपको तर्फबाट अध्यक्ष दिपेश ढकाल र सन्थाल गोल्डकपका तर्फबाट टिका हस्ताले हस्ताक्षर गरेका छन् ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड – ६ ले आयोजना गरेको गोल्डकप चैत १४ गतेबाट सुरु हुदैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने सन्थाल गोल्डकप २१ गतेसम्म सञ्चालन हुने छ । उक्त गोल्डकपमा नेपाल भारतका जम्मा ८ वटा टिम सहभागी हुने छन् । सन्थाल गोल्ड कपमा झापाका ५, मोरङको एक र भारतको दुईवटा टिम सहभागी हुने हस्ताले बताए ।
गोल्डकपको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ६० हजार र ट्रफी प्राप्त गर्ने गोल्डकपका संयोजक हस्ताले जानकारी दिए ।







प्रतिक्रिया