Banner news

भद्रपुरमा वृद्ध आमा कुट्ने ३० वर्षीय छोरा पक्राउ

भद्रपुरमा वृद्ध आमा कुट्ने ३० वर्षीय छोरा पक्राउ


बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमा एक वृद्धामाथि कुटपिट भएको भिडियो फैलिरहेको छ । कुटपिटबाट वृद्धाको अनुहारमा भोटपटक लागेको छ । कुटपिटका कारण उठबस गर्न नसक्ने अवस्थामा देखिएको भिडियो झापा भद्रपुर – ८ को रहेको खुलेको छ ।

झापा प्रहरीका अनुसार कुटपिटबाट घाइते हुने वृद्ध भद्रपुर – ८ क्याम्पस मोड निवासी ७९ वर्षीया चन्द्रमाया घिमिरे हुन् । उनीमाथि आफ्नै छोराले कुटपिट गरेको खुलेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चैत ९ गते चन्द्रमाया घिमिरेलाई उनका आफ्नै छोरा ३० वर्षीय यशिस घिमिरेले कुटपिट गरेका थिए । उक्त कुटपिटको दृश्य सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि प्रहरीले चासो दिएको थियो । कुटपिटबाट घाइते वृद्धको भिडियोले सबैको ध्यान खिचेको छ । फेसबुकमै भिडियो फैलिएका कारण घटना बाहिर आएको हो ।

घटनापछि प्रहरीले यशिस घिमिरेलाई नियन्त्रणमा लिएको छ । हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको छ । यसैबीच, पीडित चन्द्रमाया घिमिरेको उद्धार गरी स्वास्थ्योपचार सुरु गरिएको जनाइएको छ ।

शेयर गर्नुहोस :

189
Shares