Banner news

भदौ २३ मा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु : जाँचबुझ प्रतिवेदन

भदौ २३ मा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु : जाँचबुझ प्रतिवेदन


काठमाडौं । भदौ २३ मा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु भएको पाइएको छ ।

हिंसात्मक प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले आफ्नो प्रतिवेदनमा २३ गते संसद् भवनअगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको र पछि उपचारका क्रममा १२ जना घाइतेको मृत्यु भएको उल्लेख गरेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रतिवेदन सरकारलाई बुझाएको छ । जनआस्थाको सौजन्यमा प्राप्त सो प्रतिवेदनमा भदौ २३ मा प्रहरीको गोली लागेर २९ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

शेयर गर्नुहोस :

351
Shares