शनिश्चरे । अर्जुनधारा नगरपालिका –११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको आयोजना र नेपाल एसबीआई बैंकको सहयोगमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
विद्यालयद्वारा बिहीबार आयोजित पोशाक तथा पुरस्कार वितरण कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको सभापतित्व तथा नेपाल एसबीआई बैंक लिमिटेड कोशी प्रदेश प्रमुख दमयन्ती जोशीको प्रमुख आतिथ्यतामा विद्यालयमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको प्रधानाध्यापक मन बहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार विद्यालयमा २५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यसअघि कक्षा १ मा प्रथम हुने अनिशा आले, द्वितीय हुने प्रस्ना खतिवडा ,तृतीय हुने गौरी विश्वास रहेका छन् । त्यस्तै कक्षा २ मा प्रथम हुने रुपन आले मगर ,द्वितीय हुने अस्मिन संग्रौला ,तृतीय हुने निकेश पोखरेल ,कक्षा ३ मा प्रथम हुने नपन मिश्र ,द्वितीय अनिशा आले र तृतीय निशा विश्वकर्मा रहेका छन् । त्यसैगरी परीक्षामा कक्षा ४ देखि ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार गरिएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक लिम्बूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख जोशी, विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका ११ का वडाध्यक्ष खगेन्द्र इङनाम लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य विद्यालयका शिक्षक सूर्य प्रसाद सापकोटाले राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका वडा सदस्य सुशीला गिरी, एसवीआई बैंक बिर्तामोड शाखा प्रबन्धक सन्तोष अधिकारी ,शाखा अधिकृत असिम इङनाम लगायतको आतिथ्यता रहेको थियो ।







प्रतिक्रिया