काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत शाहलाई बधाई दिएका हुन् । ओलीले शाहसँगै शुक्रबार गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
यस्तै, एमाले महासचिव पोखरेलले पनि नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।







प्रतिक्रिया