मुख्य समाचार

ओली र रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय : पूर्वराष्ट्रपति भण्डारी

ओली र रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गर्नुभएको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले उक्त कदमले दूरगामी प्रभाव पार्ने तथा मुलुकमा अस्थिरताको जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।

उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ कि कार्की आयोगको प्रतिवेदन आफैँमा पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गर्नु अत्यन्त संवेदनशील विषय भएको छ।

शेयर गर्नुहोस :

243
Shares