काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै नेकपा (एमाले)को जनसंगठनहरूले आज पनि प्रदर्शन जारी राख्ने भएको छ ।
शनिबारबाट सुरु भएको प्रदर्शन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
शनिबार बसेको एमालेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओलीको रिहाइका लागि कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही अनुसार एमालेको जनसंगठनहरूले शनिबारै राजधानी काठमाडौंसहित विभिन्न जिल्ला, देशका प्रमुख सहरहरुमा विरोध प्रदर्शन सुरु गरेको हो ।







प्रतिक्रिया