मुख्य समाचार

झापामा हावाहुरीका कारण लाखौँको क्षति

झापामा हावाहुरीका कारण लाखौँको क्षति


बिर्तामोड । झापाको मेचीनगर र गौरादह क्षेत्रमा आएको हावाहुरी र वर्षाले ठुलो भौतिक क्षति पु¥याएको छ ।

हावाहुरीले मेचीनगर नगरपालिका–१० आम्दा रोडस्थित सुरज चौधरीले सञ्चालन गरेको दुर्गा कुचो खरिद तथा बिक्री केन्द्रको गोदामको जस्ताको छानो उडाउँदा भित्र राखिएका कुचोहरू भिजेर नष्ट भएका छन् । यस घटनाबाट मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

त्यसैगरी, गौरादह नगरपालिकाका विभिन्न वडामा पनि हावाहुरीले जनजीवन प्रभावित पारेको छ । गौरादह–४ चान्दु टोलका ऐर बहादुर त्रिखत्रीको एकतले घर र भान्साकोठा भत्किँदा १ लाख ४० हजार बराबरको क्षति भएको छ । त्यस्तै चन्द्रमणी खनालको घरको छानो उडाउँदा अन्नपातसहित २ लाख ५० हजार बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

सोही स्थानकी पार्वता खनालको दुईतले पक्की घरको छानो उड्दा २ लाख र बिना परियारको बंगुर खोरको छानो उड्दा ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै बालुबथानका दिल कुमार चेम्जोङको घरमा रहेको ट्रसको छानो उडाउँदा किरब २६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

गौरादह क्षेत्रमा मात्रै कुल ६ लाख ७६ हजार बराबरको भौतिक क्षति भए पनि मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरी टोलीले थप विवरण संकलन र अनुसन्धान गरिरहेको जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares