Banner news

बलात्कारको धम्की दिनेविरुद्ध साइबर ब्युरोमा उजुरी

बलात्कारको धम्की दिनेविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौँ : नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुलीले सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने व्यक्तिहरू विरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि उनलाई अमानवीय रूपमा गालीगलौज र बलात्कारको धम्की दिइएको थियो। उनले आफ्नो भिडियो दुरुपयोग गरी कमेन्टमा गालीगलौज गर्ने र धम्की दिने सबैविरुद्ध उजुरी दिएको जानकारी दिइन्।

उनको भनाइ अनुसार, उनले केही गलत काम नगरेको र केही पनि गलत कुरा नबोलेको भए पनि सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। अमिशाले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालमा गालीगलौज गर्ने र बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्यूरोमा उजुरी हालेका छौँ।’

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन्, जसपछि उनीमाथि सामाजिक सञ्जालमा अमानवीय तवरको गालीगलौज र साइबर बुलिङ भइरहेको छ।

शेयर गर्नुहोस :

297
Shares