काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंकले घटेर २७७६ अंकमा कायम भएको छ। बजार खुलेदेखि नै दिनभर सूचक रातो अवस्थामा रह्यो ।
यसअघि आइतबार र सोमबार गरी दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार १९.७ अंकले बढेको थियो । उच्च गिरावटका बीच कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यसदिन १३ कम्पनीको मूल्य बढ्दा २५५ कम्पनीको घटेको छ।
सबै समूहगत सूचक ओरालो लागेका छन्। अन्य समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ, जसमा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ९.८४ प्रतिशतले घट्दा प्रभाव परेको हो।
यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
यसदिन ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले घटेको छ। सप्तकोशी विकास बैंक ७.२८, नेसनल हाइड्रोपावर ७.१७, शिवश्री हाइड्रोपावर ७.०० र हिमाल दोलखा हाइड्रोपावर ६.४१ प्रतिशतले घटेका छन्।
धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।







प्रतिक्रिया