Banner news

दलित समुदायसँग रविले मागे माफी

दलित समुदायसँग रविले मागे माफी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दलित समूदायमाथि हालसम्म राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका हुन्।

‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने सुनिश्चित गर्न चाहन्छु,’ उनले भने।

उनले खगेन्द्र सुनारको प्रसंग पनि जोडे। ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ती गर्नुभयो गर्नुभएन तर उहाँले माफी माग्नुभयो, यति छिट्टै माफी माग्नुभयो। भन्नुभयो– मबाट त्यस्तो गल्ती भएजस्तो त लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। आज यो सदनबाट सिंगो देशबाट भन्न चाहन्छु। गल्ती गरेको हो कि होइन भनेर अन्यौल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौंयुगदेखि गरिएको अन्यायका लागि हामीले माफी माग्यौं,’ उनले भने।

शेयर गर्नुहोस :

81
Shares