अर्जुनधारा

अर्जुनधारा–८ ले विपन्न परिवारलाई शौचालय बनाइदिने

अर्जुनधारा–८ ले विपन्न परिवारलाई शौचालय बनाइदिने


बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नं. ८ ले विपन्न परिवारलाई शौचालय निर्माण गरिदिने भएको छ । वडा कार्यालयले एक सूचना गर्दै विपन्न परिवारलाई ७ दिनभित्र सम्पर्क गर्न भनेको छ ।

शौचालयको लागि निवेदन पेश गर्ने र उत्कृष्ण ५ नमूना परिवारलाई सम्मान तथा पुरस्कृत गर्ने जनाइएको छ ।
आ.व. २०८२-२०८३ को स्वीकृत वार्षिक कार्यक्रममा समावेस भएको विपन्नलाई शौचालय वडा मैत्री कार्यक्रम अन्तर्गत वडामा आर्थिक अवस्था कमजोर रहेका, कष्टकर जिविकोपार्जन गरिरहेका तथा आफ्नै शौचालय निर्माण गर्न सामथ्र्य नभएका अति विपन्न परिवारलाई सुधारिएको शौचालय निर्माण गरिदिने निर्णय गरिएको वडाध्यक्ष कुमार उप्रेतीले जानकारी दिए ।

शौचालय निर्माणका लागि वडाभित्र स्थायी बसोबास भएको नेपाली नागरिक हुनुपर्ने वडाध्यक्ष उप्रेतीको भनाई छ । शौचालय निर्माण गर्ने ठाउँ भएमा वडाले शौचालय निर्माण गरिनेले बताए ।

वडाध्यक्ष उप्रेतीका अनुसार शौचालय निर्माण गरि आफ्नो घर, आगन र टोललाई सवै भन्दा सफा राखे वडाका उत्कृष्ट ५ परिवारलाई नमूना सफा परिवार घोषणा गरि सार्वजनिक कार्यक्रममा विशेष पुरस्कार प्रदान गरी सम्मान गरिने छ । सम्मान कार्यक्रमलाई निरन्तरता दिदै लगिने उनको भनाई छ ।

तस्वीर : एआई

शेयर गर्नुहोस :

270
Shares