मुख्य समाचार

बिर्तामोडमा तीन तलाबाट खसेर ५ वर्षीया बालिकाको मृत्यू

बिर्तामोडमा तीन तलाबाट खसेर ५ वर्षीया बालिकाको मृत्यू


बिर्तामोड । झापाको बिर्तामोडमा आज विहान तीन तलाबाट खसेर एक बालिकाको मृत्यू भएको छ । बिर्तामोड –४ भद्रपुर रोड नजिकै घरमाथिबाट खसेकी ५ वर्षीया बालिकाको मृत्यू भएको हो ।

घटना लगत्तै उपचारको लागि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार १०ः५५ बजे बालिकाको मृत्यू भएको छ । खेल्ने क्रममा बच्चा झ्यालबाट तल लढेकी थिइन् ।

प्रहरीका अनुसार झ्यालमा रेलिङ रहेनछ, खेल्दाखेल्दै बच्चा तल खसेको पाइयो । पर्दाले मात्र बारिएको झ्यालबाट बालिका खसेकी थिइन् । दमक ४ निवासी उनी आफन्तकोमा पाहुना आएको बुझिएको छ ।

शेयर गर्नुहोस :

324
Shares