मन कुमार गदाल
दमक । महिला सिटी चालकहरुलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले दमक मारवाडी महिला मञ्चले सम्मान गरेको छ ।
झापाको दमक क्षेत्रमा सिटी सफारी चालक महिलाहरुलाई पेशामा निरन्तर लाग्न प्रेरित गर्ने उद्धेश्यले मारवाडी महिला मञ्चले सामुहिक रुपमा सम्मान गरेको हो ।
दमकमा सिटी रिक्सा कुदाई रहेका २ दर्जन महिला चालकहरुलाई सम्मान गरेको मञ्चकी अध्यक्ष प्रिति साहेवालाले जानकारी दिनुभयो । कार्यक्रममा सिटी चालक महिलाहरुलाई सोही कार्यक्रमकी प्रमुख अतिथि नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय सदस्य तथा महिला मञ्चको सल्लाहकार रिता अग्रवालले सिटी कुदाउदा बोक्ने ब्याग दिएर खदा लगाई सम्मान गर्नु भएको थियो ।

सम्मानित हुने सिटी चालकहरु सुनिता मुर्मु, सर्मिला दास, रचना लावती, एलिना लिम्वू, निर्मला फ्याक, उमा चौधरी, गुञ्जन थापा मगर, फुलमाया धिमाल र निलम मगरलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले सम्मान गरेको महिला मञ्चकी सचिव निधि अग्रवालले बताउनु भयो । यसैगरी मञ्चकी अध्यक्ष प्रिति साहेवालाको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी लिम्वू, ललिता बहिनी, पूर्णमाया कुमाल, रेनुका जिमी, रेलीमाया कुमाल, बर्षा माझी, कमला कट्टेल र मेनुका थापा लगायतका सिटी चालक महिलाहरुलाई मारवाडी सेवा समिति दमकका अध्यक्ष सन्दिप साहेवाला लगायतले सम्मान गर्नु भएको सचिव निधि अग्रवालले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि संगठनको केन्द्रीय सदस्य रीता अग्रवाल, मारवाडी सेवा समिति अध्यक्ष सन्दिप लगायतले सिटी चालक महिलाहरुलाई सम्मानले श्रमको सम्मान, उनीहरुलाई पेशा प्रति प्रेरित गर्ने काममा टेवा पुग्ने कुरामा जोड दिनुभएको थियो । सम्मानित सिटी चालकहरुमध्येबाट रचना लावती, सुनिता मुर्म र सर्मिला दास आदिले सिटी पेशालाई निरन्तर लाग्न थप हौसला मिलेको बताउनु भएको छ ।







प्रतिक्रिया