मुख्य समाचार

भद्रपुरमा लेखापढी व्यवसायीहरूको आन्दोलित, सेवा प्रभावित

भद्रपुरमा लेखापढी व्यवसायीहरूको आन्दोलित, सेवा प्रभावित


भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको छ । आन्दोलनका कारण सेवा प्रवाह प्रभावित भएको छ ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लेखापढी कानून व्यवसायी परिषद् ऐन २०७५ तथा लेखापढी सम्बन्धी नियमावली २०७९ अनुसार इजाजत प्राप्त व्यवसायीहरूले नियमभित्र रही पेशा सञ्चालन गरिरहेका भए पनि राज्यका केही निकायबाट अनावश्यक हस्तक्षेप भइरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, पेशागत मर्यादामाथि प्रहार हुने गरी केही स्थानमा प्रशासनिक हस्तक्षेप बढेको छ । साथै, लेखापढी व्यवसायीमाथि भएको धरपकड तत्काल बन्द गर्न तथा पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ । उक्त माग पूरा नभएसम्म एसोसिएसनले भद्रपुरमा सञ्चालनमा रहेका लेखापढी सेवा केन्द्रहरू बन्द गर्ने निर्णय गरेको जनाएको छ । धरपकडका कारण सर्वसाधारणलाई सेवा लिन कठिनाइ भइरहेको छ ।

एसोसिएसनले यसबाट सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित निकायलाई समस्याको समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

शेयर गर्नुहोस :

216
Shares