मुख्य समाचार

बान्चाभिट्टालाई स्तब्ध बनाउदै आयोजक सन्थाल गोल्डकपको फाइनलमा

बान्चाभिट्टालाई स्तब्ध बनाउदै आयोजक सन्थाल गोल्डकपको फाइनलमा


बिर्तामोड । आयोजक सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोडले उत्कृष्ट प्रदर्शन गर्दै पश्चिम बंगालको बान्चाभिट्टा टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीवार सम्पन्न खेलमा आयोजक टिम सुरुदेखि नै आक्रामक देखिएको थियो । टोलीका फरवार्ड सन्जय हेमरमले खेलको २६ औं र ४३ औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई मजबुत अग्रता दिलाए । त्यसपछि बान्चाभिट्टा टिममाथि दबाब बढ्ने क्रममा एक आत्मघाती गोल थपिँदा खेल ३–० मा पुगेको हो ।

खेलको २३ औं मिनेटमै बान्चाभिट्टाका सियाराम सोरेनले रेड कार्ड पाएपछि टिम १० खेलाडीमा सिमित भएको थियो । जसको फाइदा आयोजक टोलीले उठाएको देखियो ।

दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका सन्जय हेमरम ‘म्यान अफ द म्याच’ घोषित भए । यस जितसँगै आयोजक सन्थाल समाजले फाइनलमा हल्दिवारी एफसीसँगको भेट पक्का गरेको छ ।

सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ को आयोजनामा जारी प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन् ।

आगामी चैत २८ गते हुने फाइनल खेलमा विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस :

1.6k
Shares