मुख्य समाचार

बालबालिका महोत्सव – २०८३ शुरु

बालबालिका महोत्सव – २०८३ शुरु


कालीस्थान । नयाँ वर्ष २०८३ को अवसर पारेर कालीस्थान भ्वाइसको आयोजनामा बालबालिका महोत्सव–२०८३ शनिवारदेखि शुरु भएको छ ।

स्थानीय बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखेर १५ वर्षमुनिका बालबालिकाको सहभागितामा दौड, हस्तलेखन, सांस्कृतिक (गायन–नृत्य) एवं फुटबल प्रतियोगिता हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत शनिवार दौड प्रतियोगिता सम्पन्न भएको छ । ११ देखि १५ वर्षका बालिबालिकालाई लगभग ३ सयमिटर र १० वर्षमुनिका बालबालिकालाई लगभग डेढसयमिटरको दुरीमा दौडा प्रतियोगिता गराइएको हो ।

प्रतियोगिता अन्तरगत १० वर्षमुनी छात्रतर्फ रिदम काफ्ले प्रथम, संयम गोम्देन द्वितीय र लाक्पा तामाङ तृतीय भएका छन् । यसैगरी १० वर्षमाथिको मिनी म्याराथन छात्रातर्फ संस्तिका गिरी प्रथम, निर्जला तामाङ द्वितीय र श्रेया मगर तृतीय भएका छन् ।

११ देखि १५ वर्ष उमर समूहमा छात्रतर्फ सुजय तामाङ प्रथम, युवराज प्याकुरेल द्वितीय र उत्साव राई तृतीय भएका छन् । यसैगरी छात्रातर्फ रुपा गिरी प्रथम, पासाङ शेर्पा द्वितीय र अभियाना तामाङ तृतिय भएका छन् ।

सञ्जीवकुमार गोम्देनको संयोजकत्व र भक्त थापाको सहसंयोजनमा सम्पन्न प्रतियोगितामा वाङचु गोम्देन, मनोज गोम्देन, इन्द्रसेन तामाङ, दिनेश कडेल र विजय तामाङले प्राविधिक सहयोग गरेका थिए ।

स्थानीय देवुसिंह तामाङले कालीस्थान चोकमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । बालबालिका महोत्सव अन्तरगत आइतबार फुटकल प्रतियोगिता र सोमबार हस्तलेखन एवं सांस्कृतिक प्रतियोगिता हुँदैछ ।

शेयर गर्नुहोस :

54
Shares