बिर्तामोड । नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै नारी सञ्चार गृह झापाले क्यालेण्डर विमोचन गरेको छ ।
आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच २०८३ सालको क्यालेण्डर विमोचन गरेको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, कोशी प्रदेश सदस्य राजकुमार ओली, नारी सञ्चार गृहको अध्यक्ष स्वस्तिका आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, झापाका अध्यक्ष प्रदीप परियार, संस्थापक सदस्य शुसिला संग्रौला, क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने विज इन्टरनेशनलका सञ्चालक अशोक भण्डारी लगायतले विमोचन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि अम्बिका भण्डारीले नारी सञ्चार गृहले झापामा पत्रकारको क्षमता विकासदेखि संस्थागत उन्नयनमा प्रगति गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि राम्रा–राम्रा कार्यक्रमहरुको योजनालाई निरन्तरता दिन शुभकामना दिनुभयो ।
सो अवसरमा उहाँले विज्ञापनको सन्दर्भमा सरकारले गरेको परिपत्र तत्काल फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने उद्देश्यले निजी मिडियामाथिको हमला अस्वीकार्य रहेको बताउनुभयो ।
शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा प्रमुख अतिथि भण्डारीसहित पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, महिला मुक्ति अभियानको अध्यक्ष राधा सुब्बा, एविसी नेपालको अध्यक्ष कञ्चना सिटौला लगायतले शुभकामन्तव्य राख्नुभएको थियो ।
नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोस्ना श्रेष्ठले स्वागत गर्नु भएको थियो । सचिव दिपा पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा मनोरञ्जनात्मक गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।







प्रतिक्रिया