Banner news

उत्कृष्ट सन्थाल खेलाडीको बीमा र शिक्षामा सहयोग गर्ने अर्जुनधाराको घोषणा

उत्कृष्ट सन्थाल खेलाडीको बीमा र शिक्षामा सहयोग गर्ने अर्जुनधाराको घोषणा


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले सन्थाल खेलाडीको स्वास्थ्य बीमा र शिक्षामा सहयोग गर्ने भएको छ । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ खेलाडीको परिवारको स्वास्थ्य बीमा र अध्ययनरत खेलाडीलाई शिक्षामा सहयोग गर्ने घोषणा गरेका हुन् ।

सन्थाल जाति उत्थान सेवा समाजले आयोजना गरेको ‘प्रथम सन्थाल गोल्डकप’ मा उक्त घोषणा गर्नुभएको हो । सन्थाल गोल्डकपमा खेल्ने उत्कृष्ट खेलाडीको परिवारलाई स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको हो । उहाँ शनिवार सम्पन्न फाइनल खेलमा उपस्थित भई सहयोगको घोषणा गर्नुभएको गोल्डकप आयोजक समितिले जनाएको छ ।

नगर प्रमुखको घोषणा अनुसार प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजकका तर्फबाट श्याम मुर्मू, उत्कृष्ट गोल किपर हल्दिवारी एफसीका दिनेश बेस्रा, खेलअवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका उत्कृष्ट खेलाडी आयोजक टिमका मिसन हस्दाले सो सुविधा पाउने छन् । उत्कृष्ट खेलाडिको स–परिवारको स्वास्थ्य बीमा गरिदिने जनाइएको छ भने अध्ययन गरिरहेका खेलाडिलाई आवश्यक सहयोग गर्ने जनाइएको छ ।

शेयर गर्नुहोस :

1.9k
Shares