Banner news

‘समवेदना’ कार्यक्रम पुनः सुरु गर्दै शिरो सान्दाई

‘समवेदना’ कार्यक्रम पुनः सुरु गर्दै शिरो सान्दाई


बिर्तामोड । प्रख्यात रेडियो कार्यक्रम ‘समवेदना’ पुनः सञ्चालन गरिने भएको छ । कञ्चनजंगा एफ.एफमा ०५९ सालदेखि प्रशारण हुँदै आएको लोकप्रिय कार्यक्रम बैशाख १ गतेबाट पुनः सुरु गर्न लागिएको हो ।

समवेदना कार्यक्रमका सञ्चालक शिरो सान्दाईका अनुसार बिर्तामोडको रेडियो भिजन ९१.६ मेगाहर्जबाट साँझ ७ बजे प्रशारण गरिने छ ।

हरेक साँझ ७ बजे प्रशारण गरिने कार्यक्रम यसअघि १८ वर्ष कञ्चनजंगा एफ.एममा सञ्चालन गरिएको थियो । समवेदना कार्यक्रममा मृत्यू भएकाहरुको विवरणसहित समवेदना व्यक्त गर्ने गरिएको छ । सो कार्यक्रम बन्द भएको केही वर्षपछि श्रोताको माग बमोजिम पुनः सुरु गर्न लागिएको सञ्चालक सान्दाईले जानकारी दिनुभयो ।

समवेदना रेडियो कार्यक्रम विश्वको एक मात्र फरक प्रकृतिको कार्यक्रम रहेको विभिन्न अध्ययनमा उल्लेख छ ।

शेयर गर्नुहोस :

945
Shares