Banner news

लागुऔषधमध्ये झापामा ब्राउनसुगरको कारोवार उच्च, दोस्रोमा गाँजा

लागुऔषधमध्ये झापामा ब्राउनसुगरको कारोवार उच्च, दोस्रोमा गाँजा


बिर्तामोड । लागुऔषध कारोवार र प्रयोगमा रेड जोन रहेको झापामा गत चैत महिनामा मात्र ६६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको विभिन्न स्थानबाट ६६ जनालाई प्रहरीले लागुऔषध कारोवार तथा प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट झापा प्रहरीले चैत महिनामा मात्र झापा प्रहरीले ५६० ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ४ वटा मोटरसाइकल, स्कुटर र अटो १–१ वटा नियन्त्रणमा लिएको थियो । यस्तै, प्रहरीले ८५२ ग्राम गाँजा र ३०५ क्याप्सुल बरामद गरेको थियो ।

झापामा प्रहरीको तथ्याङक अनुसार लागुऔषधमध्ये सबैभन्दा धेरै ब्राउनसुगर कारोवार भइरहेको पाइएको छ ।

शेयर गर्नुहोस :

162
Shares