Banner news

कनकाईमा अटो-मोसा दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

कनकाईमा अटो-मोसा दुर्घटना : एकको मृत्यु, ६ जना घाइते


बिर्तामोड । झापाको कन्काई नगरपालिका–३, नयाँबस्तीस्थित पूर्वपश्चिम राजमार्गमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

आज बिहान करिब ११ः३० बजेको समयमा बिर्तामोडबाट सुरुङ्गा तर्फ जाँदै गरेको प्र १–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी अटोमा सवार हल्दिबारी गाउँपालिका–३ बस्ने ६८ वर्षीया मन्जुधरी ढकालको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उनको ४ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो र मोटरसाइकलमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूमा हल्दिबारी–३ कै ५७ वर्षीय जीवन ढकाल (ओठमा चोट), ५० वर्षीया हरिमाया ढकाल (टाउकोमा चोट), ३५ वर्षीया भिमा ढकाल (टाउकोमा चोट), १३ वर्षीय रोजन ढकाल (भित्री चोट) र १३ वर्षीय प्रदिप नेपाल (भित्री चोट) रहेका छन् । त्यस्तै, मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ बस्ने ३७ वर्षीय चन्द्रबहादुर खत्रीलाई पनि भित्री चोट लागेको छ । घाइतेहरूको बी एन्ड सी अस्पताल र प्रधान मेडिकलमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाले दुर्घटनाग्रस्त सवारी साधन र अटो चालक, हल्दिबारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली परिचालन गरिएको छ ।

तस्वीर : एआई

शेयर गर्नुहोस :

297
Shares